www.tandavnews.com
Fact ~ In search of truth

मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने

पाल्पा ।

नेपाल मानवअधिकार संगठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका संगठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् ।

बैठकमा संगठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लंघन हुँदा खबरदारी गर्ने काम सङ्गठनको दायित्व भएको बताए। उनले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको औल्याए ।

Batas

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गरे । तत्कालीन संविधानसभा सदस्य नारायणी शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताए ।

सो अवसरमा नेकपाका जिल्ला नेता धनेन्द्रराज घिमिरेले मानवाधिकारको प्रत्याभूतिका लागि राजनीतिक शक्ति जनताको अधिकारका निम्ति सधैँ जिम्मेवारीका साथ अघि बढेको बताए।

नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफ्नो पार्टी लोकतन्त्र र मानवाधिकार रक्षा निम्ति सधैँ जिम्मेवार रहेको बताए । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवाधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.