www.tandavnews.com
Fact ~ In search of truth

बिटी कपमा प्रिक्वाटरका खेल जारी

पोखरा।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् ।

पोखराको पुरानो टुडिखेल मैदानमा हिजो (बुधबार) भएको पहिलो खेलमा एवाईसी हेम्जालाई १–० गोल अन्तरले पराजित गर्दै सँगम एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Batas

सँगमको जीतमा वेल प्रसाद गुरङले निर्णायक १ गोलको योगदान दिए ।त्यस्तै दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २–१ गोल अन्तरले सहज जीत निकाल्यो ।

सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १ गोल गरे । भने फिटनेशको तर्फबाट किर्विनले सान्त्वना १ गोल फर्काए । पाटन एफसी र नयांगल्लाी एफसी बिच भएको तेस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्लीले ३–१ गोल अन्तरले पराजित गर्याे ।

त्यस्तै आयोजक निलो र चाउथे एफसी बिच भएको चौथो खेल गोल रहित बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा चाउथेले ३–२ गोल अन्तरले जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्याे ।

पाँचौ खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३–१ गोल अन्तरले पराजित गर्याे ।बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए ।

छैटौ खेलमा मालेपाटन एफसीले वेलीबारलाई २–० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एशोसियसनमाथी १–० गोल नतिजासहित सँघर्षपूर्ण जीत निकाल्यो ।

कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.