www.tandavnews.com
Fact ~ In search of truth

विप्लब अब शान्तिपूर्ण राजनीतिमा, भोलि एउटै मञ्चबाट ओली र विप्लवले सम्बोधन गर्ने

काठमाडौं,
ताण्डव न्यूज ।

सरकारले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ ।

दुई वार्ता टोलीबीच तीन चरणमा भएको वार्तामा सहमति बनेपछि त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गरेर सार्वजनिक गर्ने भएका छन् । ।

Batas

फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने वार्ता टोलीका सदस्य एंव प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

आजको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.