www.tandavnews.com
Fact ~ In search of truth

ओलीसँग कुनै पनि हालतमा सहकार्य हुदैँन : वरिष्ठ नेता पौडेल

चितवन,
ताण्डव न्यूज।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका छन्।

प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको कार्याक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजनीतिका दोषी प्रधानमन्त्री भएकाले कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्ने बताएका हुन् । उनले राजनीतिक गाँठो फुकाउने भूमिका कांग्रेसमा आएपनि सरकारमा भने जान नहुने बताए ।

Batas

नेता पौडेलले संवैधानिक नियुक्ति पुरा असवैधानिक भएको बताए। उनले निर्वाचन आयोगको भूमिकाप्रति टिप्पणी गर्दै आयोग कर्तव्यच्युत भएको आरोप समेत लगाए ।

पौडेलले ऐन नियम कानुनमा जे छ सोही अनुसार निर्वाचन आयोगले निर्णय गर्नुपर्नेमा नेकपा दल विभाजमा आयोग कर्तव्य च्युत भएको र व्यक्ति हेरेको समेत बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.