www.tandavnews.com
Fact ~ In search of truth

रञ्जित स्मृति बगर भाईखलक भेट्रान फुटबलमा २८ टोली भिड्ने

पोखरा,
ताण्डव न्यूज ।

बगर भाईखलक पोखराले आगामी २४ गते देखि २९ गते सम्म सञ्चालन गर्ने ‘चौथो रञ्जित गुरुङ स्मृति १० औं बगर भाईखलक भेट्रान्स एट ए साईड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ मा देशभरबाट कुल २८ टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौं, बुटवल, चितवन, हेटौडा तथा स्याङ्जा र पोखराका टिमले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

संस्थाका महासचिव याम गुरुङले काठमाडौको ११ टोली, पोखराको १०, हेटौडाको ३, बुटवलको १, रुपन्देहीको १, चितवनको १, स्याङ्जाको १ गरि कुल २८ टिमको सहभागिता रहने बताए । उनले यस वर्ष कोरोना भाईरसको कारण भारतबाट कुनै पनि भेट्रान टोलीले सहभागिता नजनाउने बताए ।

उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र सहित१ लाख ११ हजार १ सय ११ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

महासविच गुरुङले उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी सहित १० हजारद्वारा पुरस्कृत गरिने बताए ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिनेछ । भने प्रत्येक खेलबाट म्यान अफ द म्याच घोषणा गरिनेछ ।

त्यसैगरी अनुशासित टिम र प्रतियोगितामा सहभागी मध्ये सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान समेत गरने महासचिव गुरुङले बताए ।संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारा सहित विगत २०६८ साल देखि भेट्रान्स (४० वर्ष माथी) प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले दशौं संस्करण सम्म आईपुग्दा व्यायामको लागि नभई जीतको लागि टोलीहरु आउने गरेको उल्लेख गरे ।

अध्यक्ष गुरुङले उक्त प्रतियोगिताबाट खेलाडीहरु बिचको आपसी भाईचारा र सद्भाव कायम रहने विश्वास व्यक्त गर्दै पूर्व राष्ट्रिय पूmटबल खेलाडी, पूर्व प्रशिक्षक खेम गुरुङलाई ताम्रपत्र एवं दोसल्लाद्वारा सम्मान गरिने बताए । यस पटक उक्त प्रतियोगितालाई सम्पन्न गर्न निजी संस्थासँगै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले समेत साथ दिएको आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.