www.tandavnews.com
Fact ~ In search of truth

मलको समस्या सधैँको लागि अन्त्य भयो : मन्त्री अर्याल

काठमाडौं,
ताण्डव न्यूज ।

कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँको लागि अन्त्य भएको बताएकी छिन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँको लागि अन्त्य भएको बताईन। आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन रूपमा देखिएको समस्यालाई तत्काल समाधान गर्दै लगेको उनले बताईन् ।

Batas

मन्त्री अर्यालले मध्यकालिन समस्याको समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न थालिएकाले मलको समस्या हटेको जानकारी दिए । उनले चालु आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने समेत बताईन् ।

मन्त्री अर्यालले अहिलेको मौज्दातले अर्को वर्ष साउनदेखि असोजसम्मको माग धान्ने जानकारी दिईन् । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तीको प्रक्रिया सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.