www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा लागूऔषध सहित तीन युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

नवलपरासीमा लागूऔषध सहित तीन युवक पक्राउ परेका छन् ।

जिल्ला नवलपरासी(पूर्व) मध्यविन्दु नगरपालिका–भंडरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसमा सवार तीन युवक लागूऔषधसहित पक्राउ परेका हुन् ।

Batas

पक्राउ पर्नेमा चितवन भरतपुर –१३ बस्ने २५ वर्षीय नितेश ठकुरी,वर्ष २१ का साजन श्रीमल र २० वर्षीय राजेन्द्र खड्का रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नुर्फिन ११० एम्पुल, फेनरागन ११० एम्पुल र डाइजापाम ११० एम्पुल गरी ३३० एम्पुल लागूऔषध सहित पक्राउ परेका छन् । उनीहरु आज पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.