www.tandavnews.com
Fact ~ In search of truth

बिटी कपमा क्वाटरफाईनलका ४ खेल आज

पोखरा ।

बिटी कपका क्वाटरफाईनलका ४ खेल शुक्रबार हुने भएको छ । क्वाटरफाईनलका खेलहरु मध्यान्ह १२ बजेबाट सुरु हुनेछ आयोजकले जनाएको छ भने सेमीफाईनल र फाईनल खेल शनिबार सम्पन्न हुनेछन् ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा प्रिक्वाटरफाईनलका खेल सम्पन्न भएका छन् ।

Batas

पोखराको पुरानो टुडिखेल मैदानमा हिजो (बिहिबार) सम्पन्न पहिलो खेलमा सिमपानी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

त्यस्तै सँगम एफसी र सत्य युवा क्लब बाझापाटन बिच भएको दोस्रो खेल पनि गोलरहित निर्धारित समय सकिएपछि ट्राईबेकरमा सँगम एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै बाझापाटनले जीत निकाल्यो ।

तेस्रो खेलमा विष्णुपादुका टिम बिलाई एम टुवेलले ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्याे । एम टुुवेलको जीतमा मनिस क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए ।

यसैगरी चौथो खेलमा बिन्स बकेटलाई मालेपाटन एफसीले १–० गोल अन्तरले पराजित गर्दै सँघर्षपूर्ण जीत निकाल्यो । मालेपाटनको जीतमा जेम्स गुरुङले निर्णायक गोल गरे ।

बाझापाटन टिम बि र रञ्जन मेमोरियल बिच भएको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा बाझापाटनल टिम बिले २–१ गोल अन्तरले रञ्जनलाई पराजित गर्याे ।आयोजक सेतो र लाहाचोक एफसी बिच भएको छैटौं खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा आयोजकले ३–२ गोल अन्तर सहित जीत निकाल्यो ।

यसैगरी कमलपोखरी एफसी र फोर टु फाईभ बिच भएको अन्ति प्रिक्वाटरफाईनल खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै कमलपोखरी क्वाटरफाईनलमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि नयांगल्ली युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरिसकेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.