www.tandavnews.com
Fact ~ In search of truth

कञ्‍चनपुरः प्रहरी र तस्करबीचको भिडन्तमा गोली हानाहान, भारतीय तस्करको मृत्यु

कञ्चनपुर ।

कञ्चनपुरमा प्रहरी र तस्करबीच गएराती गोली हानाहान भएको छ । गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो । कञ्चनपुर प्रहरीको अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक भारतीय तस्करको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह रहेको प्रहरीले जनाएको छ ।

Batas

नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएका थिए । प्रहरीको जवाफी फायरिंगमा गोविन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए ।

मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.