www.tandavnews.com
Fact ~ In search of truth

सरकारको सर्कुलरपछि रिहा हुदैँ विप्लव समूहका नेता–कार्यकर्ता

काठमाण्डौं,
ताण्डव न्यूज ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजै हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।

सर्कुलरपछि विभिन्न जिल्लामा थुनामा वा हिरासतमा रहेका नेता कार्यकर्ताहरु आजबाट रिहा हुने भएका छन् । गृह मन्त्रालयले पत्रमार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

Batas

गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब एक सय ७० जना विप्लव समूहका कार्यकर्तालाई आजसम्म छाड्न सर्कुलर जारी गरिएको जनाए । मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई पनि आजै रिहा गर्ने तयारी रहेको पनि उनले बताए ।

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.