www.tandavnews.com
Fact ~ In search of truth

एन प्याव्सनको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु

पोखरा।

नेशनल प्याव्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रवार शुरु भएको छ ।

नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालयको सहभागिता रहेको छ । उक्त प्रतियोगिता भोलि (शनिवार) सम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए ।

Batas

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बोल्दै राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढुगां सावित हुने बताए ।

‘विद्यार्थीलाई घोकन्ते शिक्षा नभई उसको क्षमताको आधार पढाई हुन जरुरी छ’ उनले भने, ‘विद्यार्थीसँग केही न केही क्षमता छ त्यसलाई निकालिदिने काम शिक्षकले गर्नुपर्दछ ।’

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका निमित्त प्रमुख निलकण्ठ ढकालले यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई अवसर सृजना गर्ने बताए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले पठनपाठनमा सहयोग पु¥याउने बताए ।नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले प्रतियोगितामा वौद्धिक क्षमता देखाउने अवसर मिल्ने बताए ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु कायस्थले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.