www.tandavnews.com
Fact ~ In search of truth

मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने

काठमाण्डौँ
ताण्डव न्यूज ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौँको सुन्दरीजलमा झर्दैछ । गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा आज दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ ।

Batas

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.