www.tandavnews.com
Fact ~ In search of truth

नेकपा नामको विषयमा सर्वोच्चले भोलि फैसला सुनाउने

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीको नामको विषयमा रहेको विवादबारे सर्वोच्च अदालतले भोलि फैसला सुनाउने भएको छ ।

गत विहीबार फैसला सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण मिति सारिएको सर्वोच्च अदालतले जनाएको छ । विहीबार सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिइएका कारण आइतबारका लागि पेशी तोकिएको छ । प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामको विवादसम्बन्धी मुद्दामा टुङ्गो लगाउने भनेर यही फागुन १३ गते आदेश गरेको थियो । ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.