www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका जनप्रतिनिधिहरुले लिए वार्षिक योजना तर्जुमा सम्बन्धि तालीम

जीवन सुवेदी,
ताण्डव न्यूज ।

पोखरा महानगरका तेत्तिस वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई वार्षिक योजना तर्जुमा बारे प्रशिक्षण गराईएको छ ।

प्रशिक्षणमा संघीय सरचनामा स्थानीय तहले योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, योजनाको प्राथमिकता निर्धारण, वजेटको उचित परिचालन, श्रोतको पहिचान र बजेट तर्जुमा गर्ने प्रकृयाबारे अभिमुखिकरण गराईएको थियो ।

Batas

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डा। आर सी लामिछाने, अनुसन्धानकर्ता प्रेमप्रसाद दवाडी, भावना सुवेदी, लगायतले तालीमको सहजीकरण गरेका थिए ।

शुक्रबार तालीमको उद्घाटन गर्दै पोखा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले विकासका निमित्त योजना महत्वपूर्ण हुने बताईन् । योजना तर्जुमा गर्दा ध्यान दिन सके नागरिकको विकासप्रतिको चाहना पूरा गर्न जनप्रतिनिधिलाई सहज हुने उनको भनाई थियो ।

शनिबार साँझ समापनका अवसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रसासीय अधिकृत महेश बरालले योजना तर्जुमा गर्दा क्षेत्रगत हिसावले प्राथमिकता निर्धारण गर्न तालीमले महत्वपूर्ण भूमिका खेलेको बताए । कर्मचारीहरुका विषयमा जनप्रतिनिधिको गुनासो बढेको भन्दै उनले महानगरका कर्मचारीहरुलाई उत्तरदायी बनाउने प्रयास जारी राखेको पनि बताए ।

महानगरका प्रमुख सचेतक शोभामोहन पौडेलले स्थानीय तहमा भएका राम्रा कार्यहरुको उदहारण प्रस्तुत गरिनुपर्ने सुझाव दिए । ठूला र विकसीत देशका मात्र नभई नेपालकै विभिन्न टोलमा भएका काम र सकारात्मक परिवर्तनहरुलाई योजना निर्माणको उदहारणका रुपमा लिनुपर्ने उनको भनाई थियो ।

समापनको अवसरमा अवसरमा बोल्दै बेलायती सहयोग नियोग सुदृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवालीले योजना बनाउँदा, उद्धेस्य, लक्ष्य, दुरदृष्टि, श्रोत पहिचान र परिचालन क्षमता लगायतका विषय महत्वपूर्ण हुने बताए ।

वडा नं एघारका वडा अध्यक्ष मोहन बास्तोलाले तालीम निकै फलदायी भएको र सकारात्मक उर्जा मिलेको प्रतिक्रिया दिए । त्यस्तै कार्यपालिका सदस्य मनभुजा विकले तालिमले धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै वडागत रुपमा योजना निर्माणमा तालीमले सजिलो बनाएको बताईन् । अर्का सदस्य चतुर विकले पनि यसकिसिमका तालीमले आँफूलाई निकै सजिलो संग बुझ्ने मौका दिएको उल्लेख गरे ।

बेलायती सहयोग नियोग अन्तर्गत सुदृढ परियोजनाको प्राविधिक सहयोगमा भएको उक्त तालीम शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.