पोखरा ।
बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधि एम टुवेलले जितेको छ ।
पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा कमलपोखरी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दे एम टुवेलले उपाधि जितेको हो ।

एम टुवेलको जीतमा म्यान अफ द म्याच बनेका मनिस क्षेत्री, अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए ।
उपाधिसँगै एम टुवेलले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्याे । भने उपविजेता बनेको कमलपोखरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ हात पार्दै चित्त बुझाउन पर्याे ।
उक्त प्रतियोगिताबाट एम टुवेलका मनिस क्षेत्री सर्बाेत्कृट खेलाडीका रुपमा घोषित हुदै ट्रफी सहित नगद ५ हजार प्राप्त गरे ।
त्यस्तै विधागत तर्फ सोही क्लबकै रोमन थापा मगरले उत्कृष्ट गोलरक्षकको उपाधि हात पारे ।
सोही टिमकै मनोज गुरुङले उत्कृष्ट मिडफिल्डर, सरोज तामाङले उत्कृष्ट डिफेण्डर र आयोजक सेतोका सुनिल बिकले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गर्दै जनही नगद ३ हजार हात पारे ।
कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट मालेपाटन एफसी अनुशासित टिमको रुपमा घोषित हुदै नगद ७ हजारबाट पुरस्कृत भयो । सो प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको टिमलाई समापन समारोहका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य रामहरी खतिवडा, क्लबका अध्यक्ष विजया गुरुङ तथा क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.