पर्वत ।
पर्वतको दुर्लुङ पहिरोमा ज्यान गुमाएका आमा छोरोका सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।
गत जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीस्थित काउलेमा बस्तीमाथिबाट आएको पहिरोमा ज्यान गुमाएका दीर्पा थापा र उनका छोरा विवेकको सम्झनामा १५ लाखको अक्षयकोष स्थापना गरिएको हो ।

दुर्लुङ माइतीघर भई बागलुङको जैमिनी नगरपालिकामा विवाह गरेकी दीर्पा र उनका छोरा विवेकको माइती आएको बेलामा सोही पहिरोमा परि मृत्यु भएको थियो । उनीहरूको स्मृतिमा देशभित्र र बाहिर रहेका दुर्लुङबासी तथा पर्वतेलीहरूको सहयोगमा १५ लाख रुपैयाँको ‘दिर्पा विवेक अजर अमर अक्षयकोष’ स्थापना गरेका हुन्
अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्राकृतिक वा अन्य दुर्घटनामा परी मृत्यु भएका, घाइते बनेका लगायत त्यसबाट पीडितहरूलाई राहत दिने लक्ष्य रहेको अभियानका संयोजक विरोधविक्रम गुरुङले बताए।
सामाजिक सञ्जालबाट कोष निर्माण गर्ने अभियान थालेपछि त्यसमा सबैले सहकार्य गरेको उनले बताए। कोषका लागि हालसम्म दुई सय १५ जनाले चन्दा सहयोग गरेर आजीवन सदस्य बनेका छन्। कोषबाट प्राप्त हुने ब्याजबाट सुरुवाती चरणमा दुर्लुङ र आसपासका पीडितहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको भए पनि यसमा रकम बढाउँदै जाने र क्षेत्र पनि फराकिलो बनाउने योजना रहेको उनले बताए।
कोषको शनिबार गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औपचारिक शुभारम्भ गरेका छन्।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.