www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

काठमाडौं,
ताण्डव न्यूज ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

Batas

झण्डै २ वर्षदेखि विचाराधीन रहेको नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्चले निर्णय सुनाएको हो ।
सर्वोच्चको यो फैसलासँगै अब प्रधानमन्त्री केपी शर्मा ओली र पष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

सर्वोच्च अदालतको निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बन्ने देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.