www.tandavnews.com
Fact ~ In search of truth

‘रासस’का कार्यकारी सम्पादक बस्नेतसँग ‘ताण्डव’कर्मीहरुको अन्तर्क्रिया

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रीय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेत र ताण्डव न्यूज डटकमका पत्रकारहरुबीच आज (आइतबार) अन्तर्क्रिया भएकाे छ ।

अन्तर्क्रियामा बोल्दै बस्नेतले अहिलेको यूगमा आम पाठकहरु धेरै चलाख भईसकेकाले पत्रकारले तथ्यमा चुक्न नहुने बताए । तथ्य प्रमाणित नभई समाचार प्रकाशन/प्रशारण हुँदा आम पाठकहरुमा पत्रकारिता क्षेत्र प्रति नै आरोप आउने भएकाले गल्ती नगर्ने प्रतिवद्धताका साथ पत्रकारिता गर्नुपर्ने बताए । “पत्रकारिता भनेकै प्रश्न गर्ने हो र पत्रकारलाई अन्तिममा चाहिने भनेकै शिक्षा हो”, उनले भने । परेवाबाट सुरु भएको पत्रकारिताको ईतिहास मल्टिमिडियाको यूगमा आईसकेको बताउँदै पत्रकार बस्नेतले समाचार दिने शैलीमा ध्यान दिनुपर्ने बताए । नेपाली पत्रकारितामा भाषागत समस्या समाधान अझै हुन नसकेको उनले बताए ।

Batas

शब्द, सूचना, तथा प्रसंगहरु दोहोरिने अर्को समस्यापनि नेपाली पत्रकारिता क्षेत्रमा रहेको उनको भनाई छ । ताण्डवले सुरुवात गरेको व्यवसायिक पत्रकारिताको अभ्यास र नो कपि पेष्ट भन्ने ताण्डवको सिद्धान्तले आफू प्रभावित भएको बस्नेतले बताए । पोखरामा करिब ८ वर्ष पत्रकारिता गरेका बस्नेत हाल राससका कार्यकारी सम्पादक हुन् ।

सो अवसरमा ताण्डवका प्रधान सम्पादक अर्जुन गिरीले पोखरामा अनलाईन पनि आम सञ्चारको सशक्त माध्यमका रुपमा स्थापित हुन सक्छ भन्ने अभ्यासका साथ आफूहरु अघि बढीरहेको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.