पोखरा,
ताण्डव न्यूज ।
पर्वतमा एक युवक करेन्ट लागि घाईते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार पर्वत फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित राम माध्यमिक विद्यालयको नयाँ भवन निर्माणमा खटिएका पुरुषलाई करेन्ट लागि घाईते भएका हुन् ।

घाईते हुनेमा चितवन घर भई हाल पर्वत बसी काम गर्दै आएका २८ वर्षीय बिमल पुर्जा रहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
बिमलले फलामको पाईप उठाउने क्रममा अचानक बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको थियो । घाईते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालपोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाईएको छ ।
े
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.