पोखरा,
ताण्डव न्यूज ।
पोखरामा घरको छतबाट खस्दा एक युवक घाईते भएका छन् ।
पर्सा घर भई हाल पोखरा ९ प्रगती टोल बस्ने १८ वर्षीय समिर मिया अचानक घरको छतबाट खस्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारका उदय अधिकारीको घरमा काठको काम गर्ने क्रममा समिर छतबाट खसेका हुन् ।एक तले घरको छतबाट खसेका उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्थ मध्यम रहेको जनाइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.