काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्चमा गएर सोध्न आग्रह गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भीम रावलले प्रधानमन्त्री ओलीको पार्टी कुन हो भनेर गरेको प्रश्नमा प्रतिउत्तर दिदैँ ओलीले भने,‘म कुन पार्टीको सदस्य हो भन्ने सर्वोच्च अदालतमा गएर सोध्नु।’

ओलीले आफू नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्य पनि नरहेको बताएका छन्।उनले आफ्नो पार्टी कुन हो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले टुंगो लगाइदिएको बताए।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.