पोखरा,
ताण्डव न्यूज ।
१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरामा आज विभिन्न कार्यक्रम भएका छन् ।
यसै अवसरमा नेपाल टे«ड युनियन महासंघ(जिफन्ट) गण्डकी प्रदेश महिला कमिटीको आयोजनामा प्रजनन् स्वास्थ्य रुग्णता, पाठेघर खस्ने समस्याको जाँच शिविर तथा कन्जरभेटिभ म्यानेज्मेन्ट कार्यक्रम तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।

‘विभेद अन्त्यका लागि समान अवसर’ उद्देश्यसहित आयोजित कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गरेकि थिइन् । उद्घाटन पश्चात बोल्दै श्रमिकहरुको पक्षमा काम गर्नको निम्ति गण्डकी प्रदेश सामाजिक मन्त्रालय अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेकि छिन् ।
पुनले विशेषगरि श्रमिक महिलाको हकहितका लागि आफुले कुरा उठाइरहेको बताइन् ।कार्यक्रमा जिफन्ट गण्डकीका अध्यक्ष रुद्र बहादुर खत्री, जिफन्ट गण्डकीका उपाध्यक्ष नन्दलाल अधिकारी,जिफन्ट राष्ट्रिय कमिटि सदस्य सुमन गुरुङ्ग, जिफन्टका केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै स्त्रीरोग विशेषज्ञ डा.रुपेश बस्नेत,वरिष्ठ कम्युनिटी अधिकृत मनकुमारी ओझा र पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम कुवँर अतिथी रहेका थिए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना तथा जिफन्ट गण्डकी प्रदेशको समन्वयमा भएको शिविरमा २ सय बढी महिलाको सहभागिता रहेको जिफन्ट गण्डकीले जनाएको छ ।
जिफन्ट गण्डकी प्रदेश महिला कमिटि सदस्य अस्न कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रमको जिफन्ट महानगर सहसचिव श्रेष्ठले सञ्चालन गरेकि थिइन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.