पोखरा,
ताण्डव न्यूज ।
तनहुँमा चितुवाको आक्रमणबाट ४ वर्षीय बालक घाईते भएका छन् ।
तनहुँ बन्दीपुर गाउँपालिका १ कौशली छाप बस्ने चन्द्र बहादुर चेपाङको ४ वर्षीय छोरा अपल चेपाङ चितुवाको आक्रमणबाट घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

अपल आफ्नै बारीबाट घर फर्किने क्रममा चितुवाको आक्रमणमा परी घाईते भएका हुन् । उनको तनहुँको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.