www.tandavnews.com
Fact ~ In search of truth

घरमा लुकाई राखेको लागूऔषध र सिरिन्जसहित तनहुँका शिव गुरुङ पक्राउ

तनहुँ,
ताण्डव न्यूज ।

तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

तनहुँ आँबुखैरेनी गाँउपालिका–३ मिलनचोक बस्ने वर्ष २६ का विक्की भन्ने शिव गुरुङ लागूऔषधसहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनी घरमा लुकाईछिपाई राखेको प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका हुन् । प्रहरीको अनुसार उनको घरबाट फेनरागन–६४ एम्पुल,नुफिन–६४ एम्पुल,डाइजेपाम–६२ एम्पुल,नाईट्राभेट–१७७ ट्याब्लेट र ५ मि.लि.को सिरिन्ज–३५ थान(प्रयोग नभएको),५ मि.ली.को सिरिन्ज–१० थान(प्रयोग भएको जस्तो देखिने),३ मि.लि.को सिरिन्ज–९ थान (प्रयोग नभएको) बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.