www.tandavnews.com
Fact ~ In search of truth

नारी दिवसको अबसरमा भण्डारी सहित १७ जनालाई राष्ट्रिय नारी मानार्थ सम्मान

काठमाडौँ ।

१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बरिष्ठ संचारकर्मि बिमला भण्डारी सहित देशभरबाट ख्याति प्राप्त १७ जना महिला राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय नागरिक बिकास समाजले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक कार्यक्रम आयोजना गरि दिवस मनाएको छ। बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिला हरुलाई सम्मान गरेको छ।

Batas

संस्थाले “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” ले राष्ट्रिय स्तरमा ख्याती प्राप्त महिलाहरूलाई सम्मान गरेको हो। बरिष्ठ सञ्चारकर्मी बिमला भण्डारी कुवँर, सामाजिक अभियान्ता एवं महिला नेतृ सरु बानियाँ, शोभा पाठक, सरू श्रेष्ठ लगायत देशै भरिबाट १७ जना महिलालाई सम्मान गरेको हो। सम्मानित हुनेमा सिता धिमिरे तिमिल्सिना, विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ सम्मानित भएको हुन्।

चितवनकी छायाँ श्रेष्ठ लगायत सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका केसी, सरू श्रेष्ठ , लोककुमारी श्रेष्ठ, सबिता न्यौपाने, रिता आचार्य, धनुथापा मगर, रोजी गुरु ,धनमाया सिन्जाली, शान्ता बसेल, लक्ष्मी श्रेष्ठ ,माधबी सुबेदी, सीता रायमाझी ,सुनतिा घमिरे, संगतिा शर्मा, मनिषा राई, शोभा थापा ,यमकला केसी लगायत सम्मानित भएका हुन्।

सम्मान कार्यक्रमको प्रमुख अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले सम्मानित हुने व्यक्तित्वहरूलाइ “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” प्रदान गरेकी थिइन् । सम्मानित व्यक्तीहरूलाई दुबोको माला, र दोसल्ला सहित सम्मान पत्र हस्तान्त्रण गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री महतोले पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका महिलालाई एकै ठाउँमा सम्मान गर्न पाउदा खुसी व्यक्त गर्दै समान कामको समान ज्याला र महिला श्रमशोषणका कुरा गरिरहँदा यस सम्मानबाट बास्तविक महिलाको सम्मान भएको महसुस गरेको बताइन् ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी बिमला भण्डारीले आमा सधैं सम्मानीत हुने भन्दै एउटी आमा, बुहारी र छोरी सम्मानित भएकोमा अत्यन्तै गर्व लागेको बताइन् । यो सम्मानले थप जिम्वेवारीको भारी बोकाएकोले आ गामी दिनमा थप जिम्वेवारीका साथ कर्ममा लाग्ने विश्वास व्यक्त गरिन्। समाजमा महिलामाथी हुने जघन्य अपराध र लैगिक हिंसाको अन्त्य हुनुपर्ने र त्यसका बिरूद्ध अठोटका साथ लाग्ने बताइन्।

‘समान अधिकार(सम्मान अवसर, हिंशामूक्त समाज हामी सबैको सरोकार’ भन्ने मुल नारा लिएको यस सस्थाले बिभिन्न अवसर पारेर शन्देशमुलक कार्यक्रम गर्दै आएको छ। बाल शिक्षा शान्ती र्याली रक्तदान कार्यक्रम स्वास्थ्य शिवीर बिपन्न तथा अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण जस्ता काम निरन्तर गर्दै आएको छ।

कार्यक्रममा राष्ट्रिय सरोकार समितीका सभापती माननिय पार्वती रावल तत्कालिक जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य लगायतले मन्तव्य राखेका थिए।

बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो सस्थाले काठमाण्डौ भित्रका बिभिन्न नगरपालिकालाइ मध्यनजर गर्दै एम्बूलेन्स सञ्चालनमा ल्याउने लागेको समेत जानकारी दिइएको थियो। बिनासकारी भुकम्पको बेला उद्धार तथा राहत बितरणमा सक्रिय भुमिका खेलेको संस्थाले स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारका क्षेत्रमा योगदान गर्ने व्यक्तीलाई सम्मान गर्दै आएको छ भने आगामी दिनमा समेत यस्तै कार्यक्रम गर्दै जाने समेत जनाएको छ।
कार्यक्रम समाजसेवी सुरक्षाकर्मी राजनितीक दलका नेताहरू लगायतको उपस्थिती रहेको थियो।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.