www.tandavnews.com
Fact ~ In search of truth

जसपाको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं,
ताण्डव न्यूज ।

वर्तमान राजनीतिक अवस्था र भावी योजना तय गर्न जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । संसदको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्दै छ ।

Batas

गत आइतबारको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली काँग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि भावी सत्ता समीकरणमा काँग्रेस र जसपा निर्णायक देखिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.