www.tandavnews.com
Fact ~ In search of truth

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी उपाधीका लागि जनकपुर र चितवन भिड्ने

पोखरा ।

अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधीका लागि जनकपुर क्रिकेट क्लव र चितवन क्रिकेट क्लव भिड्ने भएका छन् ।

सोमबार भएको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरालाई १० विकेटले तथा चितवनले पेलिगेण्ट्स क्रिकेट क्लवलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन् ।पहिलो सेमिफाइनलमा चितवनले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको पेलिगेण्ट्स १ सय ६ रनमै समेटिएको थियो ।

Batas

चितवनको पारीमा साकार ढकालले ६ छक्का र ४ चौकाको मद्धतमा ४७ बलमा ५३ रनको महत्वपूर्ण योगफल तयार पारको थिए । त्यस्तै सपनिल अधिकारीले २७ रन जोडेका थिए । पेलिगेण्ट्सका बलरहरु चन्द्रकान्त पौडेलले ३ तथा विशाल पौडेलेले २ विकेट लिए ।

पेलिगेण्ट्सका समिर कँडेल र कमल थापाले समान १३ रन बनाए । अन्य व्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पेलिगेण्ट्सका बलरहरु म्यान अफ द म्याच चन्द्र उमेश ठाकुरले ३ तथा संघर्ष पौडेलले पनि ३ विकेट लिए । अर्का बलर आशिष लम्सालले २ विकेट लिए ।

अर्को सेमिफाइनलमा पहिला व्याटिङ गरेको पोखराले पुरा २० ओभरमा ७ विकेट गुमाएर ९४ रनको सामान्य स्कोर खडा गरेको थियो । पोखराका प्रविण ढकालले ३३ तथा विधान श्रेष्ठले १४ रन जोडे । प्रत्युरमा जनकपुरले कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार गरेका थियो ।

जनकपुरका सुधिर चौधरीले ३ छक्का र ४ चौका प्रहार गर्दै अभिजित ४४ रन बनाए भने अक्बर अलिले अभिजित ३६ रन जोडेका थिए । बलिङतर्फ ४ विकेट लिएका जनकपुरका राहुल प्रताप सिंह म्यान अफ द म्याच भएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.