www.tandavnews.com
Fact ~ In search of truth

२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै

काठमाडौं,
ताण्डव न्यूज ।

सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ ।

बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन युरिया मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

Batas

कलकत्ताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल विरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६ सय २५ मेट्रिक टन मल विराटनगर आइपुग्ने प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने उनको भनाइ छ ।

तीनवटै नाकाबाट साँझसम्ममा २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रने तयारीमा रहेको उनले बताए । बाँकी २७ हजार मेट्रिक टन युरियामध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन मल नेपाल ल्याइने प्रवक्ता पेखरेलले बताए ।

दोस्रो चरणको १० हजार मेट्रिक टन मल पनि केहि दिनमैं भारतको कलकत्ता आइपुग्ने जानकारी प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.