www.tandavnews.com
Fact ~ In search of truth

कोलकोत्तास्थित रेलवेको कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी,
ताण्डव न्यूज ।

भारतको पश्चिम बंगालको राजधानी कोलकातामा एक कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।

पूर्व रेलवेको कोलाघाट कार्यालयमा आगलागी भएपछि आगलागी नियन्त्रणका लागि पुगेका दमकलकर्मी समेत ९ जनाको मृत्यु भएको र मृतकको संख्या थप हुन सक्ने बताइएको छ । १७ तल्लामा आगलागी भएको र हाल आगो नियन्त्रणमा आइसकेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

Batas

घटनाको बारेमा सूचना पाउनासाथ पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी घटनास्थल पुगेका थिए । उनले घटनामा मृत्यु भएकाहरुको परिवारलाई १०-१० लाख क्षतिपूर्ति र एक जना सदस्यलाई जागिर दिने घोषणा गरेका छन् । आगलागी हिजो साँझ ६ बजेतिर भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.