www.tandavnews.com
Fact ~ In search of truth

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर राखियो एमालेको बोर्ड

काठमाडौँ ।

नेकपाको मुख्यालय रहेको धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादीलाई ब्युताएदिएपछि साबिको नेकपा एमालेले जिल्लास्तरमा रहेका आफ्ना कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न हिजैबाट सुरु गरेको हो । यसैबीच आज बिहान धुम्बाराहीमा पनि नेकपाको बोर्ड झिकेर एमालेको राखेको हो ।

Batas

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् । ओली समूहले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.