www.tandavnews.com
Fact ~ In search of truth

महिलाहरू आयआर्जनसँग जोडिनु पर्छ –उपसभामुख शर्मा

पोखरा ।

गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले महिलाहरू संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ लाग्नुपर्ने बताएका छन् ।

१११ औं अन्तरािष्ट्रय नारी दिवसको अवसरमा मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिइन् ।

Batas

राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन् ।

गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उनले कानूनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राखिन् ।

संवैधानिक अधिकार प्राप्त भएपनि महिलाहरू राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औल्याइन् ।

यसैबीच र्मस्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले महिला सशक्तिकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.