www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एक करोड १२ लाख २९ हजार बढी संक्रमित,एकै दिन थपिए १५,३८८ संक्रमित

भारत ।

भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संंक्रमितको संख्या बढेको पाइएको छ ।

Batas

यसैबीच कोभिड–९९ को संक्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले मंगलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको जनाइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.