www.tandavnews.com
Fact ~ In search of truth

बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल : आयोजक टिम पराजित

पोखरा ।

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकको आयोजनामा “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” अन्तर्गत आयोजक बगर भाई खलक ‘बि’ पराजित भएको छ ।

पोखराको टुँडी खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा आयोजकको ‘बि’ टिम पराजित भएको हो । पाहुना टोली हेटौडा भेट्रान्स सँगको खेलमा बगर भाई खलक ‘बि’ १–० गोल अन्तरले पराजित भएको छ ।

Batas

खेलमा आयोजक टिमका तर्फबाट धनु पुरन थकालीले उत्कृष्ट खेल पदर्शन गरे पनि पाहुना टोलीका खेलाडी राजु कार्कीको एक मात्र गोलले आयोजक टिम दोश्रो चरणमा प्रवेश गर्न सकेन । तर उक्त खेलमा उत्कृष्ट खेल पदर्शन गर्ने धनु थकाली म्यान अफ दि म्याच घोषित भए ।

यसै गरी अन्य खेलमा हेटौडा भेट्रान्स निलो वालिङ भेट्रान्स विरुद्धको खेलमा ३–० गोल अन्तरले विजयी भएको छ । खेलमा २ गोल गर्ने तिर्थ बहादुर याक्सो म्यान अफ दि म्याच भएका छन भने एक गोल निमा लामाले गरेका थिए । त्यस्तै हिमालय क्लब वाटुलेचौरले दिप युनाइटेड क्लवलाई १–० ले पराजित गरेको छ , खेलमा एक मात्र गोल गर्ने रमेश बस्नेत म्यान अफ दि म्याच भएका छन । यस्तै गरी भनिमण्डल भेट्रान्स काठमाडौले वुटवल भेट्रान्सलाई १–०ले पराजित गर्यो । उक्त खेलमा म्यान अफ दि म्याच भएका पाण्डब खत्रीले एक गोल गरेका थिए ।

सानो गौचरन काठमाडौ र पश्चिम चितवन भेट्रान्स विचको खेलमा सानो गौचरन ४–० ले विजयी भएको छ । उक्त खेलमा शिसिर विक्रम हमालले २ गोल गरेका थिए । हमाल म्यान अफ दिम्याच घोषित भएका छन । प्रतियोगिता अन्तर्गत चार वटा खेलहरु टाइ व्रेकरका आधारमा नतिजा निस्किएको छ । किङ कम काठमाडौ र खुमलटार काठमाडौ विचको खेल निर्धारित समयमा कुनै गोल हुन नसक्दा टाइ व्रेकरमा पुगेको थियो । टाइ व्रेकरमा खुमलटार ६–५ ले विजयी बनेको छ ।

त्यस्तै वौद्ध भेट्रान्स काठमाडौ र पशुपती भेट्रान्स काठमाडौ विचको खेल निर्धारित समयमा १–१ गोल अन्तरले सकिए पछि टाइ व्रेकरमा पशुपती भेट्रान्स ३–२ गोलले विजयी भएको छ । जोरपाटी भेट्रान्स काठमाडौ र नवलपरासी भेट्रान्स विचको खेल समेत निर्धारित समयमा १–१ गोल हुँदा टाइ व्रेकरमा नवलपरासी ३–२ ले विजयी बन्यो भने मियातान मिया काठमाडौ र वानेश्वर एफसी काठमाडौ विचको खेलमा समेत निर्धारित समयमा गोल हुन नसक्दा टाइ व्रेकरमा मियातान मिया १–० ले विजयी भएको छ । उक्त टिमका किपर सञ्जिव खड्गी म्यान अफ दि म्याच घोषित भएका छन ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नाराका साथ भएको प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद दश हजार प्रदान गरिने छ ।

प्रतियोगिता अन्तर्गत बुधबार ८ वटा खेलहरु सञ्चालन हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, वालिङ र पोखराका र.गरी २८ टिमको सहभागिता रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.