www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ

विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अलग हुँदा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई पार्टीको केन्द्रीय सदस्य बनाएका थिए ।

उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा  एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

Batas

गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.