पोखरा,
ताण्डव न्यूज ।
पोखरामा भोली बिहीबार महाशिवरात्रीको अवसरमा महाशिवरात्री महोत्सव हुने भएको छ ।
शिवसेना नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा महाशिवरात्री महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पोखरा २ बागलुङ बसपार्क परिसरमा आयोजना हुने महोत्सव भोलि बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न साँस्कृतिक नृत्य, मौलिक भजन किर्तन,विशाल शिव धुनी पूजन, राष्ट्रिय गितहरुको साँगितिक प्रस्तुतिसँगै हेलिकप्टरबाट पुष्प वृष्टि समेत गरिने भएको छ ।
कला संस्कृति र परम्पराको प्रर्वद्धन, सम्वद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरेको शिवसेना नेपाल कास्की कार्यालय, पोखराका अध्यक्ष प्रदिप खड्गीले बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.