अर्जुन गाहा (सुशान्त),
पोखरा /ताण्डव न्यूज ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले (दिपक मनाङ्गे) वर्तमान राजनैतिक परिवेशलाई टिप्पणी गर्दै नेताहरु राजनीतिमा खेलाडी हुदँ आएको बताएका छन् ।

बगर भाईखलकको आयोजनामा पोखरा १ पुरानो टुडिखेलमा जारी बगर भाईखलक भेट्रान्स एट–ए–साईड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाईनल खेल खेल्दै उनले ताण्डव न्यूजसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म भनेको खेलाडी भएर राजनीतिमा गाको हो, उनले भने, ‘अरु भनेको राजनीतिमा गएर खेलाडी भैराछन ।’
गुरुङको कप्तानीमा रहेको मनाङ मस्र्याङ्दी भेट्रान्सले आयोजक टिममाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ । मनाङको जीतमा सुमन श्रेष्ठले पहिलो हाफको १२ औं मिनेटमा निर्णायक गोल गरे । यता विपक्षी टोली आयोजकले भने राम्रा मौकाहरुलाई सदुपयोग गर्न नसक्दा प्रिक्वाटरमै मनाङसँग स्तब्ध बन्यो ।
पहिलो हाफमा मनाङलाई दवाबमा राखे पनि आयोजकले गोल निकाल्न नसकेपछि हेटौडा भेट्रान्स कपको विजेता समेत रहेको आयोजक बगर भाईखलक प्रिक्वाटरबाटै बाहिरियो ।
पहिलो हाफमा आयोजकले दवाबमा राखे पनि दोस्रो हाफमा भने मनाङले आफ्नो खेल सुधार्दै खेल प्रतिस्पर्धात्मक बनेको थियो । प्रतिस्प्रर्धात्मक बनेको निर्धारित ४० मिनेटको खेलमा सभा सदस्य गुरुङ मैदानमा अडिए । उनलाई कुनै पनि अतिरिक्त खेलाडीको आवश्यकता परेन ।
२ नम्बर जर्सी सहित राईट ब्याकको पोसजसनमा मैदान उत्रेका उनले आफ्नो जिम्मेवारी पूर्ण रुपले बहन गरेको बताए । सभा सदस्य गुरुङका अनुसार क्वाटरफाईनल खेल आज (बिहिबार) अपह्रान्ह ४ बजे मनिमण्डल भेट्रान्स जाउलाखेल काठमाडौंसँग भ्निेछ । सभा सदस्य गुरुङ यसअघि चितवनमा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगितामा समेत मैदान उत्रेका थिए ।
।
आगामी २९ गते सम्पन्न हुने उक्त प्रतियोगिताको विजेता टिमले रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार १ सय ११ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछ ।
यसैगरी विधागत तर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजारद्वारा पुरस्कृत गरिनेछ । भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.