www.tandavnews.com
Fact ~ In search of truth

जसपा सरकारमा जाने नजाने भन्ने टुंगो आज लाग्ने

काठमाडौं ।

सरकार र जनता समाजवादी पार्टीबीच आज पनि वार्ता हुने भएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपाले आज पनि सरकारसँग वार्ता गर्न लागेको हो ।

वार्ता आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।नेताहरुको अनुसार आज (शुक्रबार)को वार्ता निर्णायक हुने छ । आजको यो वार्तालाई चासोका साथ हेरिएको छ ।

Batas

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।

आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.