कास्की ।
कास्की जिल्लाको रुपा गाउँपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टालाई रुपा रत्नले सम्मान गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले स्थानीय तह स्थापना दिवसका अवसरमा गाउँपालिकाको केन्द्र भिरकोटमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्।
रुपा गाउँपालिकामा जन्म भएका साहित्यकार तथा लेखक हरिहर खनाल, अमर न्यौपाने, रामबाबु सुवेदी, बद्रीविनोद खनाल (प्रतीक), सूर्य खड्का विखर्ची, अभिनय तथा निर्देशक क्रियाशील रङ्गकर्मी मालोत्से गुरुङ, बक्सिङ खेलाडी चन्द्रबहादुर गुरुङ, तेक्वान्दो खेलाडी रमिला टी खत्री, कराँतेततर्फ सुवास खड्का, यु–१९ क्रिकेट खेलाडी सुनिल रानामगर, फुटबलततर्फ दिपेश आले र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउनुहुने रदिवल्ला मियाँलाई सम्मान गरिएको हो ।

सो अवसरमा मन्त्री रायमाझीले विविधतामा एकता भएको हाम्रो समाजमा विविध क्षेत्रमा स्रष्टाको उल्लेखनीय योगदान रहेको बताए । समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्न सकिने बताउँदै उनले मुलुकको विकास निर्माणमा आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले समाजका विविध पक्षमा अतुलनीय योगदान गर्नेहरुको सम्मान गरेको बताउँदै रुपामा जन्म भई हरेक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई आगामी दिनमा पनि उच्च मूल्यांकन गरिने जानकारी दिए । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.