www.tandavnews.com
Fact ~ In search of truth

अदालतको आदेश नआउँँदा नेकपाका १० कार्यकर्ता छुटेनन्

काठमाडौं ।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।

Batas

खाँदबारी कारागारमा संखुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.