www.tandavnews.com
Fact ~ In search of truth

संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइन्छः प्रचण्ड

बुटवल ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिए ।

Batas

पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उहाँले यसका विरुद्ध संघर्ष गरिने बताए । ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ ।’

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरे ।

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गरे । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उनले भने,‘त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’

सो अवसरमा काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको बताए । ‘अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् ।

एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ ’, संसदीय दलका प्रमुख सचेतक खाँणले भने, ‘तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।’ खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्ने बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.