www.tandavnews.com
Fact ~ In search of truth

एमालेले तोक्यो सातै प्रदेशमा ईन्चार्ज

काठमाडौं
ताण्डव न्यूज ।

पुनस्थापित नेकपा एमालेको बैठकले प्रदेश कमिटि सहित नेताहरूको जिम्मेवारी तोकेको छ ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

Batas

बैठकले प्रदेश १ मा सुवास नेम्वाङलाई ईन्चार्ज तोकोको छ भने प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

नेकपाको विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् । ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिए । उनले आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि निर्णयबारे जानकारी गराउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.