अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।
सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा कुल ८ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने नारा सहित आगामी चैत २१ देखि २८ गते सम्म पोखरा रङ्गशालामा हुने १९ औं संस्करणको प्रतियोतिगामा नेपाली सात टोली र क्यामरुनको एक टोली सहित आठ टिमले प्रतिस्पर्धा गर्ने आज (शनिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले उक्त प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, विभगिय टोली एपिएफ, संकटा क्लब, मछिन्द्र क्लब, आयोजक टोली सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरि कुल ८ टिमले प्रतिस्पर्धा गर्ने बताए । उनका अनुसार यस पटक त्रिभुवन नेपाल आर्मी क्लबले विभिन्न कारणवस सहभागिता जनाउने छैन ।

उनले उक्त प्रतियोगिताको उपाधि राशिमा फेरबदल नगरिएको बताउदै विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० लाख १ हजार प्राप्त गर्ने बताए । त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५ लाख १ हजार प्राप्त गर्नेछ ।
यसैगरी विधागत रुपमा सर्वाेत्कृष्ट हुने खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, निर्णायक ट्रफी, बेस्ट अफ फाईभ ट्रफी, म्यान अफ दि म्याच, फेयर प्लेको ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ ।
सोही कार्यक्रममा बिच ‘सर्बाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट एक जनालाई नगद रु ३५ हजार, प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिने समेत अध्यक्ष थापामगरले बताए । सो प्रतियोगिताबाट बचत भएको रकमले पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने आयोजकले जनाएको छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.