www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाज कास्की अध्यक्षमा हिरा कुमारी गिरी सर्वसम्मत

पोखरा ।

नेपाल दशनामी समाज कास्कीको अध्यक्षमा हिरा कुमारी गिरी चयन भएकी छिन् ।

शनिबार पोखरामा आयोजित ९औँ साधारणसभा तथा ५औँ अधिवेशनबाट गिरी सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती समेत चयन भएको छ । अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिँदै गिरीले दशनामी समाजलाई सबै हिसावले उत्कृष्ट र सबल बनाउन लागिपर्ने बताइन् ।

Batas

समाजका केन्द्रिय उपाध्यक्ष तारा गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षता जगतमोहन गिरीले गरेका थिए भने संचालन मिरा गिरीले गरेकी थिइन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.