पोखरा ।
नारायणहिटी संग्रहालय भित्रको फिल्म हल २० वर्षपछि सञ्चालनमा आउन लागेको छ ।
दरबार हत्याकाण्ड भएको साल २०५८ देखि बन्द रहेको फिल्म हल आगामी बैशाखदेखि सञ्चालनमा आउन लागेको हो ।
दरबार भित्रको यो सिनेमा हलमा अब सर्वसाधरणले पनि डकुमेन्ट्री हेर्न पाउने छन् ।

दरबारभित्र रहेको यो फिल्म हलमा बजारमा लाग्ने अन्य चलचित्र भने हेर्न पाईने छैन् । तत्कालीन राजपरिवारका सदस्यका लागी २०२६ सालमा सो फिल्म हल बनाइएको थियो ।
तत्कालीन राजा वीरेन्द्रशाह सहित उनका परिवारका सदस्यको हत्या हुनु अघि २०५८ सालम्म यो सिनमा हल सञ्चालनमा रहेको थियो ।सिंह दरबार संग्रहालय घुम्न लिइएको टिकट शुल्कले नै डकुमेन्ट्री हेर्न पाइने गरि व्यवस्था गर्न लागिएको जनाइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.