काठमाडौं ,
ताण्डव न्यूज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा असाधारण विकाश भएको दावी गरेका छन् । देशका २१० वटा पालिकाको केन्द्र जोड्ने सडक निर्माणको आज एकसाथ शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले यो तीन वर्षमा उथलपुथल हुने गरी काम गरेका छौँ’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ’देशलाई खुला दिसामुक्त बनाएका छौँ। तुइन हटाएर झोलुंगे पुल हालेका छौँ, हजारौँ किलोमिटर सडक बनेका छन्।’

नेपालमा विरोधका लागि विरोध मात्रै गर्ने जमात रहेको पनि उनले बताए। विरोधका लागि विरोध गर्नेहरुका कारण सरकारले गरेका उपलब्धिहरु छायाँमा परेको ओलीको कथन छ । ओलीले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति अहिले पनि उस्तै भएको बताए ।
सरकारले गरिरहेको विकासको यो गतिले देशलाई ’समृद्ध नेपाल सुखी नेपाली’को गन्तव्यमा पनि पु¥याउने उनको भनाई छ । उनले नेपालका सडकहरू अझै पनि बहादुर गोरखालीले मात्रै गाडी गुडाउन सक्ने खालका रहेका बताए ।
‘नेपालका बाटा हेर्दा लाग्छ, बहादुर गोरखालीले बाहेक अरुले गाडी गुडाउनै सक्दैनन्, अरुले पनि गुडाउन सक्ने गरी बाटो चाहियो’, उनले भने, ’सडकहरू कम भन्दा कम दुर्घटना हुने गरी बनाऊँ।’ ओलीले भने ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.