www.tandavnews.com
Fact ~ In search of truth

सिरहाः मालपोतमा बम बिस्फोट, ७ घाइते, गोईत समूह शंकाको घेरामा

जनकपुरधाम ।

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा दुई कर्मचारीसहित ७ जना घाईते भएका छन् ।

घाईते हुने बाँकी सेवाग्राही रहेको जनाइएको छ ।घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

Batas

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भईरहेको जानकारी दिए । कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम विस्फोट भएको थियो । बम विस्फोटपछि कर्मचारी र सेवाग्राही त्रसित बनेका छन्

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।विष्फोट भएको स्थानमै उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।

मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.