पोखरा,
ताण्डव न्यूज ।
बगर भाईखलक पोखराद्वारा आयोजित “चौथो रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाईखलक भेट्रान्स एट–ए–साईड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट ‘आई बोस मिया सान मिया’ च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टि–वर्गर ललितपुरमाथी ४–१ गोलको फराकिलो अन्तरले सहज जीत निकाल्दै मिया सान मिया च्याम्पियन बनेको हो ।

आईबोस मिया सानको जीतमा नवीन न्यौपाने र नवीन पाण्डेले समान २-२ गोलको योयदान दिए भने टि–वर्गरको तर्फबाट नरेन्द्र लिम्वुले सान्त्वना १ गोल फर्काएका थिए ।
२७ टिमलाई पछि पार्दै च्याम्पियन बनेको मिया सान मियाले रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता टि– वर्गरले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्याे ।
सो प्रतियोगिताबाट टि–वर्गरका नरेन्द्र लिम्वु सर्बाेत्कृष्ट खेलाडी घोषित हुदै ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सञ्जिव खड्की, उत्कृष्ट स्ट्राईकरका रुपमा सोही क्लबकै नविन पाण्डे र उत्कृष्ट डिफेण्डरका रुपमा टि–वर्गरका नरेश थापा जनही ट्रफी सहित नगद ५ हजारबाट पुरस्कृत बने ।
च्याम्पियन बनेको मिया सान मियाले उपाधि राशी आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारार्थ सहयोग गर्ने घोषणा गरेको थियो । भने उपविजेता टोली टि–वर्गरले पोखराको महिला र वालवालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समुहलाई हस्तान्तरण गरेको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुंवर, संस्थाका अध्यक्ष दिल बहादुर गुरङ, तमु धि यूकेका अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, सहारा यूकेका महासचिब धनु पुरन थकाली, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.