काठमाण्डौं,
ताण्डव न्यूज ।
सर्वोच्चको निर्णयसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएँपछि नेताहरु एकबाट अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।
नेताहरु एकबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पदाधिकारीको पछिल्लो विवरण माग गरेको छ ।

संसदमा रहेका केही दलबीच एकता र कतिपय दल एकीकरण भई नयाँ दल बनेकाले दलहरूको संसदीय दलको पदाधिकारीको विवरण माग गरिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको पदाधिकारीको पछिल्लो विवरण आइसकेको छैन ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.