पोखरा,
ताण्डव न्यूज ।
आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।
एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आज भएको छलफलमा कुनै सहमति हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले बताएका छन् ।

नेपाल समूहले फागुन २८ गते ओलीले एकलौटी गरेका निर्णय फिर्ता गर्नु पर्ने अडान राखे पछि सहमति हुन नसकेको हो । उपाध्यक्ष रावलले भने,‘‘२८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेनन्।’
२८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय रद्द भए आफुहरु मिलेर अगाडि बढ्ने नेपाल समुहको भनाई छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.