पोखरा ।
काँकडभित्ताबाट पोखरातर्फ आईरहेको वसमा सवार एक महिलाको मृत्यु भएको छ ।
पोखरातर्फ आउँदै गरेको ग १ ख ९३६८ नं.को बसमा यात्रा गरी आएकी जिल्ला संखुवासभा सिद्धपोखरी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–५ पर्स्याङमा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ की जमुना राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

तनहुँ दमौली एरियामा आई पुग्दा अचानक बेहोस भएकी जमुनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएकोमा डाक्टरल जाँचको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.